नयाँ इनार कुन दिसा मा खन्ने, कुन बार खन्दा राम्रो, कुन महिना खन्दा राम्रो ??


नयाँ इनार खन्नका लागि उपर्युक्त दिसा, महिना, बार का बारेमा जान्न चाहनु हुन्छ भने एक पटक अवस्य पढ्नु होला । ।


नयाँ इनार कुन दिसा मा खन्ने, कुन बार खन्दा राम्रो, कुन महिना खन्दा राम्रो ??

Written by Sudip Ghimire on 03 Sep 2020 | Views: 4809


कुनै पनि घडेरीमा घर वा भवन बनाउनु अगाडि नै पानीको व्यवस्थापन मिलाउन पर्छ । वास्तु शास्त्र अनुसार या जान्न आवश्यक छ कि, कुवा वा बोरिङबाट पानी निस्किन्छ कि निस्किदैन ? कति गहिरो खनेपछि निस्किन्छ ? पानीको स्वाद, सुगन्ध र रङ कस्तो हुन्छ ? र, कस्तो हुनुपर्छ भन्ने विषयमा वास्तुशास्त्र अनुसार जलको व्यवस्थापनको विधि प्रस्तुत गरिएको हुन्छ ।

कुनैपनि गाउँ, शहर, बस्ती आवासीय कोलोनी वा निजी निवासको अग्नि कोण, वायव्य कोण, वा नैऋत्य कोणमा कुवा तथा पानीको ट्यांकी बनाउन हुँदैन । यस्तो कुवा वा पानीको ट्यांकी घरका सदस्यहरुका लागि खतरायुक्त सावित हुन सक्छ । भयावह र भूतप्रेतको स्रोत बन्न सक्छ । मुख्य रुपमा ईशान र पूर्व दिशा नै कुवा र पानीट्यांकीका लागि उपयुक्त स्थान मानिएको छ । यदि पूर्व वा ईशान कोणमा स्थानको अभावका कारण बनाउन सम्भव छैन भने पश्चिम वा उत्तर पश्चिम दिशामा कुवा खन्न समिन्छ । भूखण्डको बीच भागलाई ब्रह्मस्थान भनिन्छ । यहाँ कुवा खन्न राम्रो मानिदैन ।

  • शुभ महिना

बोरिङ, कुवा, इनार खन्नको लागि माघ, फागुन, वैशाख, जेठ, कार्तिक महिना वास्तुशास्त्र अनुसार उत्कृष्ट मानिन्छन् । यी महिनामा कुवा, इनार खनिएमा त्यस स्थानमा बस्ने घरमुलिको लागि अत्यन्त शुभ फलदायक हुन्छ ।

  • शुभ नक्षत्र

पुष्य, हस्त, शतभिषा, पूर्वाभिष, पूर्वाषाढा, उत्तराभाषा, अनुराधा, धनिष्ठा, उत्तराफाल्गुनी, उत्तराभाद्रपदा, रोहिणी, रेवती मघा तथा मृगशिरा नक्षत्र शुभ मानिन्छ ।

  • शुभबार

सोमबार, बुधबार र बिहीबार उत्कृष्ट मानिन्छ ।

  • शुभलग्न

सिंह, वृश्चिक तथा धनु लग्न बााहेक अन्य सबै लग्न शुभ रहेका छन् । तर पनि जलसंज्ञक लग्नलाई उत्कृष्ट मानिन्छ । लग्नमा चन्द्रमाको बास रहेमा झनै फलदायक हुन्छ ।

  • इनार खन्ने दिशा

इनार वा ट्यूवेल खन्नका लागि उत्तर दिशाबाट प्रारम्भ गर्नुपर्छ । ईशान कोणमा खन्दा पानी छिट्टै प्राप्त हुन्छ । तर नैर्ऋत्य वा वायव् कोणमा छ भने पानी छिट्टै सुक्ने सम्भवना हुन्छ । घरको ईशान कोणको मध्यरेखाको दायाँ बायाँ भागमा वा पूर्व दिशामा राम्रो मानिन्छ । त्यसैगरि पश्चिम दिशामा पूर्वापर कमसल मानिन्छ भने अन्यत्र अशुभ नै हुन्छ ।

                                                                                                                                                               -आचार्य वाशुदेवकृष्ण शास्त्री

Stories Suggestion:
के तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ??

यदि तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ भने निम्नलिखित कुरामा ध्यानदिनुहोस नत्र पछुताउनुपर्ला | | | | |

Written By: Shreeram Lamichhane

घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ???

बदलिँदो दुनियामा सिमेन्ट हरेक भौतिक संरचना निर्माणमा नभई नहुने वस्तु बनेको छ । सिमेन्टको प्रयोगबिना भौतिक संरचना निर्माण सोच्न पनि सकिँदैन ।

Written By: Sudip Ghimire

Workability of Concrete !!!!!

Definition, factors affecting, methods to improve the workability of concrete and test of workability.

Written By: Sudip Ghimire

View All Stories

Contact Us

Feel free to contact us for any kind of Architecture,Engineering, Construction, Planning, Interior, Estimation, Valuation work in Nepal.

Contact Details


Address
Gwarko mini bazar
Gwarko, Lalitpur

Email
grihaprabesh.designs@gmail.com

Phone
984-0061834
01-5007580